अब लिम्चुङबुङ गाउँपालिकाले नयाँ भवनबाट सेवा दिने

ईमोचुङ, ६ असार
लिम्चुङबुङ गाउँपालिकाले नयाँ भनबाट सेवा सुरु गर्ने भएको छ । लामो समयसम्म भाडा बसाई पछि पालिकाले आफ्नै भवनबाट जनतालाई सेवा दिने भएको हो । पालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन भए सँगै नयाँ भवनबाट सेवा विस्तार हुने भएको छ । भवनको उद्घाटन प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले गरेका छन् । पालिका अध्यक्ष मेजर कुमार राईले चौरीबाट सुरु गरिएको सेवा भवन सम्म आईपुगेको जनाए । बिकट स्थानबाटै पनि जनताको सेवामा जनप्रतिनिधि र कर्मचारीहरुले मेहनतका साथ सेवा दिरहेको अवस्थामा अब भने सुविधा र सहजले सेवा प्रदान यस भवनबाट दिईने अध्यक्ष राईको भनाई छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *