ईमोचुङ असोज १५, उदयपुर
लगतार ३ दिनको अभिरल बर्षाले असोज १३ गते सनिवार आएको सुनकोसीको वाढीले फोक्सिनटारको पक्किपुल समेत बगाएको छ। सुनकोशिमा बनेको विभिन्न ठाउँको झोलुङ्गे पुल समेत पूर्णरुपमा आवत जावत गर्न समेत नहुने भएको छ । साबिक बलम्ता गा.वि.स.को ९ नं. साभार्तोमा बनेको झोलुङ्गे पुल, रौतामाई गाउँपालिका र खोटाङको दिप्रुङचुईचुमा गाउँपालका भण्डारेघाटको पुल काम नलाग्ने बनाएकोछ । भने सडक अवरोधले गर्दा यातायात सेवा समेत संचालन हुन सकिरहेको छैन ।