ईमोचुङ, जेठ १७ ।
उदयपुर एक हप्ता अगाडी बाट संचालन भएको ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । बुधबार भएको फाईनल खेलमा गाईघाट फुटबल क्लबले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो ।
गाईघाटलाई जित दिलाउन जर्सि नं १२ का संदिप लिम्बुले खेलको ८३ औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक गोल बन्यो । यस प्रतियोगिताको म्यान अफ द म्याच संदिप लिम्बु बने । गाईघाट फुटबल क्लबले नगद रु. ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले पुरस्कार हस्ताण्तरण गरेका हुन् । उपविजेता फ्युजन फुटबल क्लब बोक्सेले नगद रु. ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यस्तै प्रतियोगिता भरकै उत्कृष्ट गोलकिपर फ्युजन फुटबल क्लब जर्सि नं ३२ का आशिष बुर्जा मगर भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । गाईघाट फुटबल क्लब जर्सि नं ५ का युवराज थापा बेस्ट डिफेण्डर अफ द टुर्नामेन्ट भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । फ्युजन क्लब बोक्से जर्सि नं ८ का आयुब राई बेस्ट मिडफिल्डर अफ द टुर्नामेन्ट भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । प्रतियोगिता भर ७ गोल गरेका गाईघाट फुटबल क्लबका संदिप लिम्बु सार्वाधिक गोल कर्ता भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । गाईघाट फुटबल क्लबका कोच दिबश श्रेष्ठ बेष्ट प्रशिक्षक भए भने उनले उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । विजेता टोलीले अब उदयपुरको प्रतिनिधितव गर्दै कोशी प्रदेश स्तरिय लिग खेल्नेछ ।