ईमोचुङ जेष्ठ १७ गते
उदयपुरमा पानी संगै परेको चटयाङले त्रियुगा नगरपालिका वडा नं. १४, साउने निबासी बर्ष ५६ को सर्बधन राईको मृत्यु भएकोछ ।राईको बुधबार दिउँसो आफ्नो घरमा रहेको बेला पानी संगै आएको चटयाङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
राईको घटना स्थलमै मृत्यु भएको र आवश्यक प्रक्रिया पुरा गरेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईने प्रहरीले जनाएको छ ।