ईमोचुङ, जेष्ठ २७ गाईघाट
एमाले त्रियुगा नगरपालिकाको नेतृत्व चयनमा सकस परेको छ । शुक्रबारदेखी सुरु अधिवेशन आईतबार दिउँसो सम्म पनि निश्किर्ष बिहिन भएको छ । अध्यक्ष, सचिव र उपसचिवको लागि आकांक्षीहरु धेरै देखिएको छ । अध्यक्षको लागि ५ जनाले दावी गरेको छ भने सचिवमा २ जना र उपसचिवमा १० जनाले दावी गरेको छ । अध्यक्ष ५ जनाको दावी मध्ये २ जनाले भने दावी छाडेको छ । बिमल श्रेष्ठ र जनार्दन रेग्मीले दावी छाडेको हो । बाँकी गोविन्द राउत, विश्वराज भट्राई, गोविन्द खड्काले भने दावी कायम राखेको छ । यता सचिवमा भने दुवै जनाले दावी छाडेको छैन । नविन वस्नेत र भुवन दाहालले सविचका लागि दावी गरेको छ । यस्तै उपसचिवको लागि भने बढी आकांक्षीहरु देखिएको छ । महिलाले मात्रै ५ जनाले उपसचिवका लागि दावी राखेको छ । उपसचिवका लागि महिलाहरुमा विष्णु ओली, शोभा दाहाल, रेनुका श्रेष्ठ, शुसिला बिक र भावना राउतको दावी छ । अन्य ५ जना भने पुरुषहरुले उपसचिवका लागि दावी राखेको छ । चौदण्डिगढी नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र ताप्लि गाउँपालिका सर्वसहमतिले समिती चयन भएको छ ।