ईमाेचुङ जेष्ठ ४, उदयपुर
त्रियुगा नगरपालीका नगर प्रमुख श्री वसन्त बस्नेत ज्युले गैरि टोल शाहीखोला माटे खोला गाउँ जनताहरु माझ गरेको वाचा,प्रतिबद्धता पूरा गर्नुभएको छ ।
त्रियुगा-१६ र ८ काे बिचमा पर्ने शाहीखोला सिमलगाछी मटेखोला गाउँ जोड्ने स्ल्याप कल्भर्ट पुल निर्माण सम्पन्न भएको छ । तीस लाखको लागतमा बनेको तटबन्ध जालि सहितको स्ल्याप कल्भर्ट पुल नगर प्रमुख ज्युले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष ज्यु लगायत वडा प्रतिनिधि ज्युहरु,स्थानीय वासीहरुको उत्साह जनक उपस्थिती रहको थियो ।