प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

ईमाेचुङ जेष्ठ ३ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा ५९ वर्षीय प्रधानमन्त्री फिकोमाथि गोली प्रहार भएको हो ।

रक्षामन्त्री रोबर्ट कलिनाकका अनुसार प्रधानमन्त्री फिकोको अहिले उपचार भइरहेको छ । बुधबार नै करिब ३ घण्टा लगाएर उनको अपरेसन गरिएको छ । रक्षामन्त्रीका अनुसार प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था नाजुक रहेको छ ।

प्रधानमन्त्री फिकोमाथि आक्रमणकारीले ५ पल्ट गोली हानिएको फुटेज सार्वजनिक भएको छ । पेट, हात र खुट्टामा चोट लागेका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । फिको गत सेप्टेम्बरमा भएको चुनावमा पपुलिस्ट–नेसनलिस्ट गठबन्धनमार्फत प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने पहिचान भने सार्वजनिक गरिएको छैन ।

रक्षामन्त्री रोबर्ट कलिनाकका अनुसार प्रधानमन्त्री फिकोको अहिले उपचार भइरहेको छ । बुधबार नै करिब ३ घण्टा लगाएर उनको अपरेसन गरिएको छ । रक्षामन्त्रीका अनुसार प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था नाजुक रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *