ईमोचुङ उदयपुर,भदौ २७।
१० औं नारदमुनि गोल्डकपको तीव्र तयारीमा छौंः अध्यक्ष राई
आगामी असोज १६ देखि सुरु हुने १० औं नारदमुनि थुलुङ स्मृति गोल्डकपको तयारी तीव्ररुपमा लागि रहेको आयोजक तथा बसाहा क्लवका अध्यक्ष गौतम राईले बताएको छ ।
प्रतियोगिताको विषयमा आज विहान भएको फोन संवादमा अध्यक्ष राईले सो कुरा बताएका हुन् ।
जिल्लाभरकै पुरस्कार राशी ठूलो भएको प्रतियोगिताको लागि यतिबेला आर्थिक अभियानमै सबै जुटिरहेको उनले बताए ।
कुनकुन क्लव सहभागि हुने भन्ने विषयमा चाँडै टुंगो लगाइने क्लवका पूर्व अध्यक्ष तथा जिल्ला फुटबल संघ उदयपुरका उपाध्यक्ष शेखर चाम्लिङ राईले बताए ।
उनले भने, ‘पहिले त व्यवस्थापन हो मुख्य कुरा, त्यसपछि अन्य विषयमा टुंगोलागेपछि प्रतियोगिता सञ्चालन हुनेछ ।’
प्रत्येक वर्ष यसै समयमा विशेषतः स्व. नारदमुनि थुलुङको स्मृतिमा क्लवले प्रतियोगिताको आयोजना गर्दै आएका छ ।
एकपटक प्रतियोगिता आयोजना गर्दा ३० देखि ३५ लाखसम्म खर्च हुनेगरेको अध्यक्ष राईले बताएको छ ।