ईमोचुङ, मंसिर २५
उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिकामा जिप दुर्घटना हुँदा चाकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । सोमबार गाईघाटबाट लिम्चुङबुगङ् जादैँ गरेको बा १ च ३२६७ नम्बरको जिप वडा नं. ३ तिनचोके स्थितमा दुर्घटना हुँदा त्रियुगा चालक नगरपालिका–१६ का २६ बर्षीय युवराज तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिप दुर्घटनामा परी एक ५ बर्षीय बालिका सहित ५ जना घाईते भएको छन् । घाईते हुनेमा लिम्चुङबुङ्ग गाउँपालिका वडा नं. ३ का १९ बर्षीया सुस्मिता खत्री, ५ बर्षीया बालिका सुबिमा खत्री, ४१ बर्षीया निललक्ष्मी राई, ६२ बर्षीया चरिमाया राई र वडा नं. ४ थाप्राङका ४७ बर्षीय बलदिप राई रहेका छन् । घाईतेहरु मध्ये चरिमायाको अवस्था गम्भिर रहेको डिएसपी चापागाईले जनाए । अन्य घाईतेहरुको अवस्था भने समान्य रहेको छ । हाल घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।