ईमोचुङ पौष, २
उदयपुर, गाईघाट – उदयपुरको गाईघाटमा तेस्रो उदयपुर खाना परिकार मेला २०७१ तथा कोशी प्रदेश स्तरीय लाखे नाच प्रतियोगितात्मक महोत्सव सुरु भएको छ। झिगु नेवा: पुचः गाईघाट, उदयपुरको आयोजनामा यो महोत्सव पौष १ गतेदेखि ८ गतेसम्म चल्नेछ।
“खाना परिकार मेला सफल पारौँ, लाखे नाच महोत्सवमा रमाऔँ” भन्ने नाराका साथ आयोजित यो महोत्सवले स्थानीय परिकार, कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा विभिन्न स्थानीय परिकारको प्रदर्शनी, प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा लाखे नाच प्रस्तुतिहरू समावेश गरिएका छन्। महोत्सवले स्थानीय व्यवसायीहरूलाई आफ्नो उत्पादन तथा सेवाको प्रचारप्रसार गर्न पनि अवसर प्रदान गर्नेछ।
कार्यक्रमका मुख्य प्रायोजकका रूपमा TUBORG तथा सह-प्रायोजक अन्य विभिन्न संघ-संस्थाहरू रहेको छ।
उक्त महोत्सवमा स्थानीयवासी, प्रदेशका विभिन्न जिल्लाबाट आएका सहभागीहरू तथा पर्यटकहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।
झिगु नेवा: पुचः गाईघाट का पदाधिकारीले महोत्सवले सांस्कृतिक पहिचान संरक्षण तथा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।