एमाले त्रियुगा नगरको नेतृत्व चयनमा सकस

ईमोचुङ, जेष्ठ २७ गाईघाटएमाले त्रियुगा नगरपालिकाको नेतृत्व चयनमा सकस परेको छ । शुक्रबारदेखी सुरु अधिवेशन आईतबार दिउँसो सम्म पनि निश्किर्ष बिहिन भएको छ । अध्यक्ष, सचिव र उपसचिवको लागि आकांक्षीहरु धेरै देखिएको छ । अध्यक्षको लागि ५ जनाले दावी गरेको छ भने सचिवमा २ जना र उपसचिवमा १० जनाले दावी गरेको छ । अध्यक्ष ५… Continue reading एमाले त्रियुगा नगरको नेतृत्व चयनमा सकस

Published
Categorized as समाचार

उदयपुरमा भएको दुर्घटनामा मृत्यु हुने दुवै जनाको शव अन्त्येस्ती गरिने

ईमोचुङ, २३ जेष्ठ ।उदयपुरमा भएको दुर्घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुलेको छ । मंगलबार गाईघाट बजारबाट पूर्व तर्फ जादै गरेको मोटरसाईकल त्रियुगा नगरपालिका १ स्थित फुलजोरमा टिपरले ठक्कर दिँदा मोटरसाईकल चालक र पछाडी सवार दुवैजनाको ज्यान गएको हो । ज्यान जानेमा बेलका नगरपालिका १ बस्ने बर्ष ३० को रबिन श्रेष्ठ रहेको छ भने पछाडी… Continue reading उदयपुरमा भएको दुर्घटनामा मृत्यु हुने दुवै जनाको शव अन्त्येस्ती गरिने

Published
Categorized as समाचार

उदयपुरमा चट्याङ लागेर एक जनाकाे मृत्यु

ईमोचुङ जेष्ठ १७ गते उदयपुरमा पानी संगै परेको चटयाङले त्रियुगा नगरपालिका वडा नं. १४, साउने निबासी बर्ष ५६ को सर्बधन राईको मृत्यु भएकोछ ।राईको बुधबार दिउँसो आफ्नो घरमा रहेको बेला पानी संगै आएको चटयाङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।राईको घटना स्थलमै मृत्यु भएको र आवश्यक प्रक्रिया पुरा गरेर पोष्टमार्टमको लागि… Continue reading उदयपुरमा चट्याङ लागेर एक जनाकाे मृत्यु

Published
Categorized as समाचार

उदयपुर ए डिभिजन लिगको उपाधि गाईघाट फुटबल क्लबले चुम्यो

ईमोचुङ, जेठ १७ ।  उदयपुर एक हप्ता अगाडी बाट संचालन भएको ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । बुधबार भएको फाईनल खेलमा गाईघाट फुटबल क्लबले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । गाईघाटलाई जित दिलाउन जर्सि नं १२ का संदिप लिम्बुले खेलको ८३ औं… Continue reading उदयपुर ए डिभिजन लिगको उपाधि गाईघाट फुटबल क्लबले चुम्यो

Published
Categorized as खेलकूद

मतर्ला र चौलानेमा साकेला नचियो

जेष्ठ १६ ईमाेचुङ गत सालहरुमा झै यो साल पनि लिम्चुङबुङ गाउँपलिका वडा नं ५ मा साकेला सिली नचाईयो साबिक गा.बि.स. जाँते वडा नं. ५ मतर्लामा तृतीया र चौलानेमा पंचमीको तिथिको दिन सकेला सिली नाच नचेर धुमधाम मनाईयो ।यसै साकेला उभौली( ५०८४)२०८१ को पावन अवसर पारेर साकेला नाच्नको लागी विभिन्न ठाउँबाट सहाभागी भएको थिया । तृतियाको… Continue reading मतर्ला र चौलानेमा साकेला नचियो

Published
Categorized as समाचार

मतर्लामा तृतीया साकेला नाच हुने सवैमा चुला निम्तो

ईमाेचुङ जेष्ठ ११ गत साल झै यो साल पनि लिम्चुङबुङ गाउँपलिका वडा नं. ५ मतर्लामा साबिक गा.बि.स. जाँतमा सकेला नाच नचाउने भएकोछ । किराँतीहरुको संस्कार अनुसार अव बालिनालि लगाउने बेला भयो । गत साल भन्दा योसाल राम्रो बालीनाली फलोस भनेर प्रकृतीलाई पुजेर बल माग्ने गरिन्छ । यसै साकेला उभौली( ५०८४)२०८१ को पावन अवसरमा साकेला सम्बन्धि… Continue reading मतर्लामा तृतीया साकेला नाच हुने सवैमा चुला निम्तो

Published
Categorized as समाचार

जनता माझ गरेको वाचा पूरा गर्दै त्रियुगा नगर प्रमुख

ईमाेचुङ जेष्ठ ४, उदयपुर त्रियुगा नगरपालीका नगर प्रमुख श्री वसन्त बस्नेत ज्युले गैरि टोल शाहीखोला माटे खोला गाउँ जनताहरु माझ गरेको वाचा,प्रतिबद्धता पूरा गर्नुभएको छ । त्रियुगा-१६ र ८ काे बिचमा पर्ने शाहीखोला सिमलगाछी मटेखोला गाउँ जोड्ने स्ल्याप कल्भर्ट पुल निर्माण सम्पन्न भएको छ । तीस लाखको लागतमा बनेको तटबन्ध जालि सहितको स्ल्याप कल्भर्ट पुल… Continue reading जनता माझ गरेको वाचा पूरा गर्दै त्रियुगा नगर प्रमुख

Published
Categorized as समाचार

प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

ईमाेचुङ जेष्ठ ३ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा ५९ वर्षीय प्रधानमन्त्री फिकोमाथि गोली प्रहार भएको हो । रक्षामन्त्री रोबर्ट कलिनाकका अनुसार प्रधानमन्त्री फिकोको अहिले उपचार भइरहेको छ । बुधबार नै करिब ३ घण्टा लगाएर उनको अपरेसन गरिएको छ । रक्षामन्त्रीका… Continue reading प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

Published
Categorized as समाचार

जनता समाजवादी पार्टी नेपाल त्यागे निर्मला तावा लिम्बुले

१ जेठ, ईमाेचुङ जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट समानुपतिक सांसद निर्मला तावा लिम्बुले अशोक कुमार राई… Continue reading जनता समाजवादी पार्टी नेपाल त्यागे निर्मला तावा लिम्बुले

Published
Categorized as समाचार

विमानस्थलबाट करिब ५ किलो सुन सहित २ भारतिय नागरिक पक्राउ

ईमाेचुङ, बैशाख ३१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलो सुन सहित २ भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो ।… Continue reading विमानस्थलबाट करिब ५ किलो सुन सहित २ भारतिय नागरिक पक्राउ

Published
Categorized as समाचार