ईमोचुङ पौष, २ उदयपुर, गाईघाट – उदयपुरको गाईघाटमा तेस्रो उदयपुर खाना परिकार मेला २०७१ तथा कोशी प्रदेश स्तरीय लाखे नाच प्रतियोगितात्मक महोत्सव सुरु भएको छ। झिगु नेवा: पुचः गाईघाट, उदयपुरको आयोजनामा यो महोत्सव पौष १ गतेदेखि ८ गतेसम्म चल्नेछ। “खाना परिकार मेला सफल पारौँ, लाखे नाच महोत्सवमा रमाऔँ” भन्ने नाराका साथ आयोजित यो महोत्सवले स्थानीय… Continue reading गाईघाटमा तेस्रो खाना परिकार मेला तथा प्रदेशस्तरीय लाखे नाच महोत्सव सुरु
Category: समाचार
५० औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
ईमोचुङ,उदयपुर ,पुस १त्रियुगा नगरपालिका बगाहा ४ मा रहेको राष्ट्रिय माध्यामिक बिद्यालयले स्थापना दिवसको अबसरमा सोमवार ५०औं बार्षिकोत्सव तथा अभिभावक दिबस सम्पन्न गरेको छ ।राष्ट्रिय माध्यामिक विद्यालय बगाहाको आयोजनामा बार्षिकोत्सवको अबसर पारेर अभिभावक, बिद्यार्थी, बिद्यालयको ब्याबस्थापन समिती, ,राजनीतिक दल, अभिभाक संघको अध्यक्ष,त्रिनपा ४ को वडा अध्यक्ष,शिक्षक, प्रधानाध्यापक समाजसेवीहरुका बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा विद्यालयको… Continue reading ५० औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
लिम्चुङबुङ्गमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाईते
ईमोचुङ, मंसिर २५उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिकामा जिप दुर्घटना हुँदा चाकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । सोमबार गाईघाटबाट लिम्चुङबुगङ् जादैँ गरेको बा १ च ३२६७ नम्बरको जिप वडा नं. ३ तिनचोके स्थितमा दुर्घटना हुँदा त्रियुगा चालक नगरपालिका–१६ का २६ बर्षीय युवराज तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।… Continue reading लिम्चुङबुङ्गमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाईते
अभिरल बर्षाले भण्डारे घाट र साभार्तोको झोलुङ्गे पुल पुर्ण क्षेति
ईमोचुङ असोज १५, उदयपुरलगतार ३ दिनको अभिरल बर्षाले असोज १३ गते सनिवार आएको सुनकोसीको वाढीले फोक्सिनटारको पक्किपुल समेत बगाएको छ। सुनकोशिमा बनेको विभिन्न ठाउँको झोलुङ्गे पुल समेत पूर्णरुपमा आवत जावत गर्न समेत नहुने भएको छ । साबिक बलम्ता गा.वि.स.को ९ नं. साभार्तोमा बनेको झोलुङ्गे पुल, रौतामाई गाउँपालिका र खोटाङको दिप्रुङचुईचुमा गाउँपालका भण्डारेघाटको पुल काम नलाग्ने… Continue reading अभिरल बर्षाले भण्डारे घाट र साभार्तोको झोलुङ्गे पुल पुर्ण क्षेति
उदयपुरमा पहिरोले ट्रक बगायो
ईमोचुङ, साउन ३१ उदयपुरको कटारी- १४ घुर्मी लामिडाँडामा गएराति पहिराेले ट्रक बगाएकाे छ । ईलाका प्रहरी कार्यालय कटारीका अनुसार ओखलढुंगाबाट ईटहरी जाँदै गरेकाे ट्रकका चालक र सहचालक बाटाे साँघुराे देखेपछि हेर्न झरेको बेला सडकबाट बगेर १५ मिटर तल झरेकाे हो ।
चौदण्डीगढीमा अटो दुर्घटना, एक बालिकाको निधन
ईमोचुङ उदयपुरको चौदण्डीगढी–८ सिद्धिपुरमा अटो दुर्घटना हुँदा एक बालिकाको निधन भएको छ । प्र–००२–००४ ह ४०८१ नं.को अटोमा सवार खोटाङ बाराहापोखरी गाउँपालिका–५ की १३ वर्षीया बालिका साहारा राईको दुर्घटनामा निधन भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । हिजो दिउसो (आइतबार) कोशीपारीबाट बेल्टार आउनेक्रममा चौदण्डीगढी–८ बेसारेमा अटो दुर्घटना भएको थियो । दुर्घटनापछि घाइते बालिकाको उद्धारगरी… Continue reading चौदण्डीगढीमा अटो दुर्घटना, एक बालिकाको निधन
उदयपुरको टाउन प्लानिङ जग्गाको पुर्जा माग्न प्रतिनिधिमण्डल बालुवाटारमा
ईमोचुङ, साउन १७ तत्कालीन जिल्ला पञ्चायतले सदरमुकाम गाईघाट र कटारी बजारमा वितरण गरेको ‘टाउन प्लानिङ’को जमिन स्वामित्व माग गर्दै उपभोक्ता राजधानी पुगेका छन् । भोगचलन गरेको ५ दशक बितिसक्दासम्म स्वामित्व नपाएपछि उपभोक्ताहरु लालपुर्जा माग गर्दै प्रधानमन्त्री भेट्न राजधानी गएका हुन् । लालपुर्जा प्राप्तीका लागि औपचारिक रुपमा अघि बढ्न केहीदिनअघि उपभोक्ताहरुको भेलाले ‘टाउन प्लानिङ जग्गा संघर्ष… Continue reading उदयपुरको टाउन प्लानिङ जग्गाको पुर्जा माग्न प्रतिनिधिमण्डल बालुवाटारमा
अब लिम्चुङबुङ गाउँपालिकाले नयाँ भवनबाट सेवा दिने
ईमोचुङ, ६ असार लिम्चुङबुङ गाउँपालिकाले नयाँ भनबाट सेवा सुरु गर्ने भएको छ । लामो समयसम्म भाडा बसाई पछि पालिकाले आफ्नै भवनबाट जनतालाई सेवा दिने भएको हो । पालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन भए सँगै नयाँ भवनबाट सेवा विस्तार हुने भएको छ । भवनको उद्घाटन प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले गरेका… Continue reading अब लिम्चुङबुङ गाउँपालिकाले नयाँ भवनबाट सेवा दिने
एमाले त्रियुगा नगरको नेतृत्व चयनमा सकस
ईमोचुङ, जेष्ठ २७ गाईघाटएमाले त्रियुगा नगरपालिकाको नेतृत्व चयनमा सकस परेको छ । शुक्रबारदेखी सुरु अधिवेशन आईतबार दिउँसो सम्म पनि निश्किर्ष बिहिन भएको छ । अध्यक्ष, सचिव र उपसचिवको लागि आकांक्षीहरु धेरै देखिएको छ । अध्यक्षको लागि ५ जनाले दावी गरेको छ भने सचिवमा २ जना र उपसचिवमा १० जनाले दावी गरेको छ । अध्यक्ष ५… Continue reading एमाले त्रियुगा नगरको नेतृत्व चयनमा सकस
उदयपुरमा भएको दुर्घटनामा मृत्यु हुने दुवै जनाको शव अन्त्येस्ती गरिने
ईमोचुङ, २३ जेष्ठ ।उदयपुरमा भएको दुर्घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुलेको छ । मंगलबार गाईघाट बजारबाट पूर्व तर्फ जादै गरेको मोटरसाईकल त्रियुगा नगरपालिका १ स्थित फुलजोरमा टिपरले ठक्कर दिँदा मोटरसाईकल चालक र पछाडी सवार दुवैजनाको ज्यान गएको हो । ज्यान जानेमा बेलका नगरपालिका १ बस्ने बर्ष ३० को रबिन श्रेष्ठ रहेको छ भने पछाडी… Continue reading उदयपुरमा भएको दुर्घटनामा मृत्यु हुने दुवै जनाको शव अन्त्येस्ती गरिने